दाङको क्वारेन्टाइनमा बसेका प्युठानका एकको मृत्यु

जेठ ३१, २०७७

दाङ,३१ जेठ । दाङमा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका–३ भुटनेटा स्थीत वडा कार्यालयको नवनिर्मित भवनको क्वारेन्टाइनमा बसेका प्युठान माण्डवी गाउँपालिका–४ आपचोर निवासी १७ बर्षीय युवकको मृत्यु भएको हो ।

क्वारेन्टाइनमा बसेका उनीमा श्वासप्रश्वाससँगै पेट दुख्ने र बान्ता आउने समस्या देखिएपछि उपचारका लागि घोराही ल्याइएको थियो । तर अवस्था गम्भीर भएका उनीलाई घोराहीमा रहेका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालहरुले भर्ना गर्न नमानेपछि बिरामीको बुटवल लैजाने क्रममा मृत्यु भएको थियो ।

‘विरामीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि शुक्रवार राती घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्यागेका थियौै,तर प्रतिष्ठानले भर्ना लिन नमानेपछि विरामीलाई कोरोना विशेष अस्पताल बेलझुण्डी लग्यौ’–स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले भने–‘बेलझुण्डीले पनि विरामीलाई भर्ना गर्न नमानेपछि बुटवल लैजाने क्रममा विरामीको मृत्यु भएको हो । उनी जेठको ११ गते भारतको गोरखपुरबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

कोरोना परिक्षणका लागि २१ गते स्वाव संकलन गरिएको थियो । उनको शनिवार पिसिआर रिपोर्ट नेगेटिभ आएपछि शव प्युठान पठाएको स्वास्थ्य शाखा प्रमुख जिसीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस