अख्तियारले छापा मारेको कुरा गलत हो: नगरप्रमुख पाण्डे

जेठ ३०, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उपमहानगरपालिकाको कार्यालयमा अख्तियारले छापा मारेको कुरा भ्रमपूर्ण रहेको वताएका छन् । सत्य र तथ्य कुरा नै नबुझेर अख्तियारले छापा मा¥यो भनेर भ्रमपूर्ण समाचार सम्प्रेषण भएकोप्रति उनले आपत्ति जनाएका हुन् ।


गुहार खोलामा भएको उत्खनन्का विषयमा उपमहानगरपािलकाले सहजिकरण गरेर विभिन्न कागजपत्र उपलब्ध गराएको वताउँदै समाचारमा उल्लेख भएजस्तो कुनै पनि खालको छापा नमारिएको पनि उनले वताए ।

‘सुशासनप्रति हामी प्रतिवद्ध छौ, कुनै पनि गलत र अनियमित भएको खण्डमा कारबाही गर्नका लागि हामी आफै तत्पर हुने कुरा जानकारी गराउँदछौ’ उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस