बालश्रम हटाउन हामी सबैको जिम्मेवारी

जेठ ३०, २०७७

सन्दर्भः बालश्रम विरूद्ध अन्तर्राष्ट्रिय दिवस

नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मान पूर्वक बाच्न पाउने हकको प्रत्याभूति गरेको छ ।  कुनै पनि व्यक्तिलाई इच्छा विपरित काममा लगाउन, बेचबिखन गर्न, दास वा बन्धक बनाउन नपाइने गरि शोसन विरुद्धको हक प्रदान गरेको छ ।

नेपालको संबिधान २०७२ मा भाग ३ धारा ३९ को बालबालिकाको हक अन्तर्गत कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन ।त्यसैगरी कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनकुनै स्थान वा अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनि स्पष्ट उल्लेख गरिएको छ ।

बालबालिका ऐन २०४८ अनुसार बालबालिका भन्नाले १६ वर्ष मुनिका भन्ने बुझिन्छ र १४ वर्ष मुनिका बालबालिकालाई कुनै पनि किसिमको बालश्रममा लगाउन पूर्ण रुपमा बन्देज लगाइएको छ ।

बालश्रम भन्नाले कुनै पनि बालबालिकाको सम्भाब्य र गरिमालाई अवरोध गर्दै उनीहरुको शारीरिक र मानसिक बिकासमा असर पुर्याउने कार्य भनेर बुझिन्छ । अन्तर्राष्ट्रिय श्रम संगठनको भाग ३ कन्भेन्सन नम्बर १८२ अनुसार सबै भन्दा नराम्रो बालश्रम अन्तर्गत सबै किसिमका दासत्व वा दासत्व संग सम्बन्धित कार्यहरु जस्तै बालबालिका बेचबिखन तथा ओसारपसार, ऋण बन्धन र निर्मम यातना, जबर्जस्त श्रमसंगै बालबालिकाको जबर्जस्त सैन्य काममा भर्ना गरिनु पनि हो ।

संयुक्त राष्ट्र संघको महासभाबाट सन् १९८९ मा पारित बाल अधिकार सम्बन्धि महासन्धिले बालबालिकाको विशेष हेरचाह र सहायता प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरेको छ ।

यससंगै बालबालिकालाई ललाईफकाई वा जबरजस्ती बेश्यावृती, अश्लिल भिडियो निर्माण वा अश्लिल कार्यको लागि करकाप गर्नु,अबैध गतिविधिहरु जस्तै लागु पदार्थ उत्पादन, बेचबिखन र ओसारपसारमा संलग्न गराउनु पनि अन्तर्राट्रिय श्रम संगठन अनुसार बालश्रमको चरम सिमा नै मानिन्छ ।

अन्य कुनै त्यस्ता अवस्थाहरु जसले बालबालिकाको स्वास्थ्य, सुरक्षा र नैतिकतामा असर पार्ने काम गर्दछ, त्यसलाई पनि बालश्रम भित्र राखिएको छ । संयुक्त राष्ट्र संघको महासभाबाट सन् १९८९ मा पारित बाल अधिकार सम्बन्धि महासन्धिले बालबालिकाको विशेष हेरचाह र सहायता प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरेको छ ।

नेपालमा यद्यपि बालश्रम प्रत्येक वर्ष १ लाखको संख्याले घटिरहेको अवस्था छ । तै पनि नेपाल बालश्रम तथ्यांक २०१० अनुसार नेपालमा हालसम्म ५-१७ वर्षका कुल ७७,००,००० बालबालिका मध्य३१,४०,०००(४०.७%)ले बालश्रममा काम गरिरहेको देखिन्छ । नेपालमा हेर्ने हो भने पछिल्लो समयमा गलैचा उद्धोग,ढुंगा खानि जस्ता क्षेत्रमा बालश्रम कम हुदै गएको देखिन्छ भने सडक ब्यापार,मोटर साइकल र साइकल मर्मत, सामान ओसारपसार,घरायसी काम, भरिया, सीमामा अबैध सामान ओसारपसार, कपडामा जारी भर्ने आदि जस्त्प क्षेत्रमा बालश्रम बढिरहेको पाइन्छ ।बालश्रममा पर्ने बालबालिका अन्तर्गत पुरुष भन्दा महिला बढी छन् र सुगम ठाउँ भन्दा दुर्गम ठाउमा बालश्रम बढी पाइएको छ ।

लैगिक असमानता अर्को कारण हो । नेपालमा अहिले पनि बालिकाहरु बालकभन्दा घरायसी काममा बढी जोताईरहेको देखिन्छ ।

यो वर्षको विश्व बालश्रम बिरुद्धको दिवसको नारा “ बालबालिकालाई बालश्रमबाट बचाऔ,अब पहिले भन्दा बढी “ भन्ने रहेको छ । अहिले बिश्वमा महामारीको रुपमा फैलिएको कोभिड-१९ को अवस्थामा यो महामारीको संकटको असर कस्तो परेको छ/ पर्छ भन्ने कुरामा केन्द्रित रहेको देखिन्छ । बिश्वको कुरा गर्दा तो संकटको बेला लगभग १५२ मिलियन बालबालिकाहरु बालश्रममा रहेको र ७२ मिलियन बालबच्चा खतरायुक्त काममा रहेको आकलन गरिएको छ l

नेपालमा बालश्रमको प्रमुख कारण गरिबी हो । आफ्नो र घरपरिवारको जिविकाेपार्जनको लागि बाध्यता र करकापमा उनीहरु बालश्रममा होमिएका हुन्छन । त्यसैगरी लैगिक असमानता अर्को कारण हो । नेपालमा अहिले पनि बालिकाहरु बालकभन्दा घरायसी काममा बढी जोताईरहेको देखिन्छ ।

बालश्रम उन्मुलनको लागि सरकारको तर्फबाट पनि विभिन्न कदम चालेको देखिन्छ । ऐन,कानुनको निर्माणदेखि बालश्रम गरेको पाइएमा कारवाही गरेको समाचार समय समय आउछन् । सरकारले श्रम तथा रोजगार मन्त्रालय अन्तरगत बालश्रम उन्मुलन शाखा पनि बनाएको छ र विभिन्न नीति,नियम, ऐन,कानुनको निर्माण गरि र त्यसको कार्यान्वयन भए नभएको अनुगमन गर्ने र बालबालिकाको सुरक्षा र स्वास्थ्य संरक्षणका उपाएहरुमा अभिवृद्धि गर्ने गरेको देखिन्छ ।

सरकार र अरुको मुख ताक्न मात्रै ताक्न भन्दा कतै हामी आफैले बालश्रम गराइरहेका छैनौ ? एकपटक विचार गरौ र यसलाई निर्मुल पार्न सक्दो सहयोग गरौ ।

श्रम ऐन २०७४ ले श्रम शाेषणका सबै अवस्थाको अन्त्य गर्ने उदेश्यका साथ कसैले पनि बालबालिकालाई कानुन बिपरित काममा लगाउन नपाइने व्यवस्था गरेको छ । बालश्रम(निषेध र नियमन गर्ने) ऐन, २०५६ ले पनि उमेर नपुगेका बालबालिकालाई श्रमिकको रुपमा काममा लगाउन निषेध गरेकोछ । सोहि अनुरुप नेपालको दिगो विकास लक्ष्य, स्थिति,र मार्गचित्र(२०१६-२०३०)मा सबै प्रकारका बालश्रम अन्त्य गर्ने लक्ष्य तोकिएको छ । यो दिवस सन् २००२ बाट अन्तर्राष्ट्रिय श्रम संगठन ले सुरुवात गरेको हो ।

तसर्थ, बालश्रम मानव अधिकारको हनन मात्र नभई सामाजिक अपराध एवम् मानव सभ्यताको अभिशाप पनि हो । बालश्रमको अभ्यास रहेसम्म त्यस्तो समाजलाई सभ्य, विकसित वा आधुनिक मान्न सकिदैन । त्यसकारण बालश्रम निवारण गर्ने कार्य सरकारले एक महत्वपूर्ण जिम्मेवारी हो र त्यसका लागि सरकारले हदै सम्मको सहयोग पुर्याउनु आधुनिक सभ्य समाजको कर्तब्य पनि हो ।

यसलाई निर्मुल गर्न घर परिवार, समुदाय, आफुले काम गर्ने संघ संस्थामा पनि बालश्रम छ छैन र भएको पाइएमा आवाज उठान संगै कारवाही गर्न प्रत्येक व्यक्ति तत्पर हुनुपर्छ । त्यसैले सरकार र अरुको मुख ताक्न मात्रै ताक्न भन्दा कतै हामी आफैले बालश्रम गराइरहेका छैनौ ? एकपटक विचार गरौ र यसलाई निर्मुल पार्न सक्दो सहयोग गरौ ।

प्रतिक्रिया दिनुहोस