तुलसीपुरमा एकैदिन १ सय ५२ को स्वाब संकलन

जेठ २८, २०७७

जनता संस्कृत मा.वि. मा स्वाब संकलन गर्दै


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका क्वारेन्टाइनबाट एकैदिन १ सय ५४ जनाको स्वाब संकलन गरिएको छ । विभिन्न क्वारेन्टाइनमा रहेर १४ दिन पुरा भएकाहरुको स्वाब संकलन गरिएको हो ।


संकलित स्वाबहरु विजौरी जनता संस्कृत मावि क्वारेनटाइनमा रहेका १०८ जना , पर्सेनी कालाखोला क्वारेनटीनका २० जना र खौसापुर क्वारेनटीनमा रहेका २६ जना गरि १५४ जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वाब संकलन गरिएको हो ।


तुलसीपुर उपमहानगरपालिकाको पवननगर , वालापुर ,अश्वारा,कालाखोला, मावि सेन्टर , राप्ति लाईफ केयर अस्पताल ,विजौरी, खौसापुरमा गरि ४७८ जनाको पिसिआर टेष्ट रिपोर्ट आउन वाँकी रहेको तुलसीपुरका कोभिड फोकल पर्सन विमल वलीले जानकारी दिए ।


स्वाव संकलनका लागि तुलसीपुर उपमहानगरपालिकाको विपद शाखा प्रमुख भिम प्रकाश खत्री , लेखनाथ न्यौपाने , ल्याब टेक्निसियन तिलक भुसाल , प्रादेशिक आयुर्वेद चिकित्सालयका जेपी वलि लगायतका रहेका थिए ।
उपमहानगरपालिकाका विभिन्न क्वारेन्टाइनमा भारतबाट आएका ६६५ जना बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस