लकडाउनकाे मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद बस्दै

बन्दाबन्दीको मोडालिटी बारे छलफल गर्न मन्त्रिपरिषद बैठक आज बस्दैछ। दिउँसो दुई बजे मन्त्रिपरिषद बैठक बस्दैछ।
बन्दाबन्दी बारे छलफल गर्न मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद बैठक बोलाइएको थियो। तर, मन्त्रीहरु बालुवाटार पुगिसके पछि स्थगित भएको बैठक आज बस्न लागेको हो।
गएको ११ चैत देखि जारी बन्दाबन्दी ३२ जेठमा सकिदैछ। अहिले कायम देशब्यापी बन्दाबन्दीको स्वरुप फेर्नेबारे सरकारले गृहकार्य गरिरहेको छ। तर, कस्तो र कसरी गर्ने भन्ने निष्कर्षमा पुग्न सकेको छैन।
प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्बन्धित विषयका सरोकारवालाहरुसँग बन्दाबन्दीको स्वरुप परिवर्तन गर्ने छलफल गरिसकेका छन्। कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्च स्तरीय समितिमा पनि बन्दाबन्दीको स्वरुप फेर्नेबारे छलफल भइसकेको छ।
बन्दाबन्दी लामो समय हुँदा विशेषगरी अर्थतन्त्र चौपट भएको भन्दै व्यवसायीहरुले अहिलेकै जस्तो स्वरुपमा निरन्तरता नदिन दबाव दिदै आएका छन्।
प्रतिक्रिया दिनुहोस