दाङ्गमा थप ४ जनामा कोरोना संक्रमण,संक्रमित संख्या ८० पुग्यो

जेठ २६, २०७७


तुलसीपुर । दाङ्ग जिल्लामा थप ४ जनामा कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणका क्रममा ४ जनाका कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशकुमार देवले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।


संक्रमित भएकाहरुमा वंगलाचुली गाउँपालिकाका ३ जना रहेका छन् । महेन्द्र मावि स्युजाको क्वारेन्टाइनमा रहेका वंगलाचुली गाउँपालिका वडा नम्बर १ का ३१, ४३ र ७० वर्षिय रहेका छन् । त्यस्तै अर्का एकजना घोराही उपमहानगरपालिका वडा नम्वर १८ का ५९ वर्षिय एकजना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस