तुलसीपुरमा उपमेयर महिला सुरक्षा सेवा केन्द्र सञ्चालन

जेठ २५, २०७७



तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा हिंसा प्रभावित महिला तथा बालबालिकाहरुलाई लागि अल्पकालिन महिला सुरक्षा सेवा केन्द्र सञ्चालन हुने भएको छ ।


सेवा केन्द्र सञ्चालनका लागि तुलसीपुर उपमहानगरपालिका र सिर्जना महिला बचत तथा ऋण सहकारी संस्थाका विचमा यस्तो सम्झौता भएको हो । उपमहानगरपालिकाले कार्यविधि वनाएर विभिन्न संस्थासँग प्रस्ताव आव्ह्वान गरेको महिला विकास शाखा प्रमुख विष्णुमाया आचार्यले जानकारी दिइन् ।

सम्झौतामा उल्लेख भए अनुसार संस्थाले आरक्षित महिलालाई चोटपटक लागेकोमा औषधोपचार, मनोसामाजिक विमर्श, कानुनी परामर्श, कानुन कार्यान्वयन गर्ने निकायहरुसँग सम्पर्कका साथै न्यायिक समितिका अन्य कामहरु गर्नुपर्नेछ । संस्थाले यसका लागि आवश्यक व्यवस्थापन गर्ने गरी कर्मचारी समेत राख्न सक्ने व्यवस्था छ ।


वडा नम्वर १० गोलौरामा सञ्चालन हुने सेवा केन्द्रमा हिंसा पिडित तथा अलपत्र अवस्थामा रहेका महिला तथा बालबालिकाहरुलाई राखिने छ । सम्झौता पत्र हस्तान्तरण कार्यक्रममा नगरप्रमुख घनश्याम पाण्डे र उपप्रमुख माया आचार्यका साथै संस्थाकी अध्यक्ष सुलोचना केसीको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस