खबर गर्नुहोस् ५ मिनेटमै प्रहरी आउँछः डिएसपी सिंह

जेठ २५, २०७७

तुलसीपुर । कुनै पनि आपराधिक घटनाको जानकारी पाएको ५ मिनेटमै प्रहरी घटनास्थलमा पुग्ने तयारी थालेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरको कार्यक्षेत्रभित्र रहेको एक उपमहानगरपालिका र ३ गाउँपालिकाका जुनसुकै स्थानमा आपराधिक घटना भएको जानकारी पाएको अवस्थामा बढीमा ५ मिनेटभित्रै प्रहरी त्यहाँ पुगिसक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले दाबी गरेका छन् ।

बिजौरी उद्योग वाणिज्य संघसँगको लकडाउनको कार्यान्वयन तथा सामाजिक अपराध न्यूनीकरणका विषयमा शनिवार भएको छलफल कार्यक्रममा ईलाका प्रहरी प्रमुख सिंहले यस्तो अभिव्यक्ति दिए । ‘खबर मात्र समयमा गर्नुस्, तपाईं जहाँ हुनुहुन्छ त्यसकै आसपासमा प्रहरी पनि छ, खबर पाएको दुईदेखि बढीमा ५ मिनेटभित्रै प्रहरी घटनास्थल पुग्ने छ’–छलफलका क्रममा डिएसपी सिंहले भने ।

प्रतिक्रिया दिनुहोस