कोरोना विशेष अस्पतालबाट १० जना निको भएर फर्किए

जेठ २५, २०७७


तुलसीपुर । कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आज कोरोना संक्रमणबाट मुक्त भएर १० जना घर फर्किएका छन् । यसरी निको भएर जान लागेकामा घोराहीका १ , गढवाका १, बाँकेका ५, कपिलवस्तुका २ र बर्दियाका १ जना रहेको हेल्थ असिस्टेन्ट द्रोण वलीले जानकारी दिए ।


उनले सबैलाई आज नै सम्बन्धित ठाउँमा पठाइसकिएकाे पनि बताए । कोरोना विशेष अस्पतालमा ५५ जना उपचाररत रहेको भएपनि अब ४५ जना रहेका छन् । बाँकी सबैको अवस्था सामान्य रहेको पनि वलीले वताए । केही दिन अगाडि ८ जनालाई अस्पतालले विदाई गर्ने भनेको भएपनि कार्यविधि अनुसार नभएकाले रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस