विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो

जेठ २५, २०७७

विश्वमा ३४ लाख १० हजार ९९४ संक्रमित निको भइसकेका छन् । अहिले ३१ लाख चार हजार ८५ संक्रमित उपचाररत छन् । तीमध्ये दुई प्रतिशत अर्थात ५३ हजार ५८७ जना गम्भीर छन् ।

विश्वभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या चार लाख एक हजार ९६४ पुगेको छ । चीन, स्पेन, इटाली, जर्मनी, फ्रान्स लगायत सुरु चरणमा संक्रमण फैलिएको देशमा नियन्त्रणमा आए पनि अन्य देशमा संक्रमितको संख्या बढिरहेको छ ।

शनिबार कोरोनाभाइरस संक्रमणबाट विश्वमा चार हजार १७७ जनाको मृत्यु भएको छ । यो संख्या शुक्रबार र बिहीबारको तुलनामा कम हो । शुक्रबार चार हजार ९०६ र बिहीबार पाँच हजार ५१२ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसबाट १७ अप्रिलमा विश्वभर सबैभन्दा बढी आठ हजार आज हजार ४३५ जनाको मृत्यु भएको थियो । त्यस यता मृत्यु हुनेको संख्या उतारचढाव भइरहे पनि औषतमा घट्दै गएको छ ।

तर, संक्रमित हुनेको संख्या भने निरन्तर बढिरहेको छ । शनिबार विश्वमा एक लाख २६ हजार ७१५ जना नयाँ संक्रमित फेला परे । गत बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी एक लाख ३० हजार ५११ जना र शुक्रबार एक लाख ३० हजार ४८९ नयाँ संक्रमित फेला परेका थिए ।

विश्वमा ३४ लाख १० हजार ९९४ संक्रमित निको भइसकेका छन् । अहिले ३१ लाख चार हजार ८५ संक्रमित उपचाररत छन् । तीमध्ये दुई प्रतिशत अर्थात ५३ हजार ५८७ जना गम्भीर छन् ।

अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या करीब २० लाख पुगिसकेको छ । त्यहाँ एक लाख १२ हजार ९६ जनाको मृत्यु भएको छ । त्यसपछि बेलायतमा ४० हजार ४६५ जनाको मृत्यु भएको छ ।

एसियामा भारत र इरानमा संक्रमितको संख्या एक लाखमाथि छन् । भारतमा इटालीमा भन्दा बढी संक्रमित पुगिसकेका छन् । त्यहाँ अहिले दुई लाख ४६ हजार ६२२ संक्रमित छन् । बढी संक्रमित भेटिने देशको सूचीमा भारत छैटौँ नम्बरमा छ ।

प्रतिक्रिया दिनुहोस