यूएईबाट १६८ नेपाली काठमाडौं आइपुगे

जेठ २३, २०७७

युनाइटेड अरब इमिरेट्स (यूएई) बाट नेपाली लिएर एअर अरेवियाको जहाज काठमाडौं आइपुगेको छ।

अहिले साँझ पौने ६ बजे उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

विमानमा एक बच्चासहित १६८ जना यात्रु नेपाल आएका छन्। उनीहरूलाई विमानस्थलबाट काठमाडौं उपत्यकामा तयार गरिएको होल्डिङ सेन्टरमा लैजाने काम भइरहेको छ।

होल्डिङ सेन्टरबाट उनीहरूलाई प्रदेश अनुसार तयार गरिएको क्वारेन्टाइनमा पठाइन्छ। क्वारेन्टाइनमा १४ दिन बसेपछि मात्रै उनीहरू घर जान पाउँछन्।

नेपालीहरूलाई लिएर आएको एअर अरेवियाको उक्त जहाज भने आजै यूएई फर्कन लागेको छ। यूएई सरकारले नै नेपालीहरूलाई स्वदेश ल्याइदिएको हो।

फर्कदा उक्त जहाज रित्तै जाने विमानस्थल कार्यलयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस