तुलसीपुरमा अलपत्रलाई व्यवस्थित गरिदै

जेठ २३, २०७७


तुलसीपुर । कोरोना संक्रमणका कारण विभिन्न ठाउँबाट आउने मानिसहरु तुलसीपुर क्षेत्रमा ट्रान्जिटका रुपमा झर्ने गरेका छन् । विभिन्न ठाउँमा जाने केन्द्रका रुपमा रहेकाले तुलसीपुर वजार क्षेत्रमा हरेक दिन अलपत्र यात्रुहरु वजारमा डुलेको देख्न सकिन्छ । भारतबाट आएकाहरु यसरी डुल्दा स्थानीयमा कोरोनाको त्रास फैलिएको थियो ।

पहाडी जिल्ला लगायत पश्चिम दाङ्गका विभिन्न ठाउँमा जानका लागि आएका यात्रुहरु तुलसीपुरलाई ट्रान्जिट वनाएर आउने गरेको पाइएपछि तुलसीपुर उपमहानगरपालिकाले सबैलाई व्यवस्थित गर्ने भएको छ ।

वडा नम्वर ५ का वडाध्यक्ष विरेन्द्र कुमार शाहको अध्यक्षतामा अलपत्र यात्रुलाई व्यवस्थित गर्ने भएको हो । शाहको संयोजकत्वमा नेपाल प्रहरी, तुलसीपुर उद्योग वाणिज्य सघ, यातायात व्यवसायी, विपद् व्यवस्थापन शाखा र स्वास्थ्य महाशाखा सदस्य रहने गरी समिति वनाइएको हो ।

‘विभिन्न ठाउँमा जाने यात्रुहरुलाई समन्वय गर्नुका साथै उनीहरुलाई एकै ठाउँमा सुरक्षित तवरले राख्ने काम अगाडि वढेको छ ’ संयोजक शाहले जानकारी दिए । विभिन्न ठाउँका मानिसहरुलाई तत्काल उनीहरुकै ठाउँमा पु¥याउने गरी काम गरेको पनि संयोजक शाहले भने ।

प्रतिक्रिया दिनुहोस