म्यानमार एयरफोर्सको जहाजले काठमाडौं ल्याइदियो २६ नेपाली

जेठ २३, २०७७

लकडाउनपछि पहिलो पटक औपचारिक रूपमा नेपालीहरू स्वदेश फिर्ता भएका छन्।

शुक्रबार बिहान म्यानमारबाट २६ जना नेपाली स्वदेश आएका हुन्।

विमानस्थल कार्यालयका अनुसार पौने ११ बजे म्यानमार एयरफोर्सको जहाज नेपाली ल्याएर आएको हो।

म्यानमार सरकार आफ्नै खर्चमा यी नेपाली ल्याइदिएको हो।

आजै युएईबाट नेपालीहरू नेपाल आउँदैछन्।

प्रतिक्रिया दिनुहोस