संस्थाको कुनै पनि संलग्नता छैन : अध्यक्ष रावत

जेठ २३, २०७७

 

तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघको एम्बुलेन्स लागुऔषध सहित पक्राउ परेको घटनाप्रति संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष विरु रावतले खबरशालासंग कुरा गर्दै संस्थाले जिम्मा दिएको व्यक्तिले गलत ढँगले एम्बुलेन्स प्रयोग गर्दा संस्थाको वदनामी भएकोप्रति दुःख समेत व्यक्त गरेका छन् ।

“जनताको सेवा र सुविधाका लागि हामीले एम्बुलेन्स सञ्चालन गरेका हौं यसमा कसैले गलत प्रयोग गरेर हाम्रो वदनामी गरेको छ ” रावतले भने । उनले घटनाको सत्य तथ्य पत्ता लगाएर सार्वजनिक गर्नका लागि प्रशासन समक्ष अनुरोध गरेका छन् ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालनमा रहेको एम्बुलेन्समा नक्कली बिरामी वनेर लागुऔषध ओसारपसार गरिएको घटनाले संस्थाको गरीमामा आँच आएको प्रति उनले गम्भिर ध्यानाकर्षण भएको समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस