वातावरणीय असन्तुलनको परिणाम कोभिड १९

सन्दर्भ: विश्व वातावरण दिवस

जेठ २३, २०७७

 

 

 

प्रत्येक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाईन्छ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७२ देखि हरेक जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा संसारभर मनाइन्छ । नेपालले विश्व वातावरण दिवसलाई सन् १९७६ देखि नियमित रूपमा मनाउँदै आएको छ ।

प्राणी जगतकोे संरक्षण र संवद्र्धन गर्ने उद्देश्यअनुरूप वातावरण दिवस मनाउँदै आएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उद्देश्यले वातावरणीय र पर्यावरणीय मुद्दाहरूबारे समाजमा जागृति ल्याउने उद्धेश्य अनुरुप यो दिवसको घोषणा गरिएको थियो । वातावरणको महत्वलाई दर्शाउन यो दिवस विश्वभर मनाउदै आएकाे छ । विश्व वातावरण दिवसमा प्रत्येक वर्ष एउटा उद्देश्य तय गरि मनाउने गरिन्छ । विगतका वर्षहरु झै यो दिवस मनाउनु पर्ने हो तर बिडम्बना गत डिसेम्बर २०१९को अन्तिमतिरबाट मानिसको स्वास्थ्यमा कोरोनाले प्रतिकूल प्रभाव पार्न थाल्यो ।

विश्वभर फैलिरहेको कोभिड १९को महामारीले सबै कार्यक्रम तहसनहस पारिदिएको छ । विश्वभरका मानवहरु अदृश्य विषाणु कोरोना भाइरस (कोभिड–१९)सँग प्रतिरोधात्मक युद्ध गरिरहेको अवस्था छ ।यस वर्ष कोभिड १९ ले विश्व समुदाय आतंकित भई नै रहेको छ । कोरोना भाईरस अर्थात कोभिड १९ ले मानिसको स्वास्थ्यमा आक्रमण गर्ने क्रम जारी छ । वातावरण शब्दले जीवित र निर्जीव बस्तुको समग्रतालाई जनाउँछ । सबै प्राकृतिक परिवेश जस्तै भूमि, हावा, पानी,सौर्यशक्ति, मानव प्राणी, जीवजन्तु, बिरुवा, जंगलर अन्य बस्तुहरूलाई समेत बुझ्नु पर्ने हुन्छ। मानवजाति सँगसँगै रहेको हावापानी, बोटबिरुवा, जंगल र त्यहाँ बस्ने पशुपंक्षी सबै मिलेर बनेको जीवनशैलीलाई पनि वातावरण भनिन्छ । संक्षेपमा भन्ने हो भने वातावरण प्राकृतिक सम्पदा हो ।

प्रकृतिले प्रदान गरेको स्वच्छ वातावरणकै भरमा मानवको जीवन अडेको छ । तथापि, हालका दिनहरुमा मानव निर्मीत अनियन्त्रित विकासबाट प्रकृतिको असन्तुलन बढेको छ ।

सृष्टिको सुरुवातदेखि नै मानवको अन्य प्राणी र वनस्पतिका बीच अन्योन्याश्रित सम्बन्ध रही आएको छ । सम्पूर्ण प्राणीको सृष्टि प्रकृतिबाटै भएकाले वातावारणलाई प्राकृतिक परिवेशले उचित स्थान प्रदान गरिदिएको हुन्छ । मानव पनि प्राकृतिक सृष्टि भएकाले उ कहिल्यै पनि प्रकृतिबाट अलग रहन सक्दैन । मानव स्वभावले नै विविधता मनपराँउदछ, रुचाँउदछ, अनि नयाँपन विविधताले गर्दा मात्र संभव छ । वातावरण संतुलन अन्तर्गत पारिस्थितिक प्रणाली, प्रजातिय प्रणाली र वंशाणुगत प्रणालीको विविधता बीचकोे सन्तुलन पर्दछ ।

पृथ्वीमा रहेका सबै जीवित तथा निर्जीव चीजहरूले नै प्रकृतिको सन्तुलन गरेका हुन्छन । प्रकृतिले स्वच्छ वातावारण तयार गरिदिएर सम्पूर्ण जीवित प्राणीको जीवनलाई स्वस्थ बनाइदिएको हुन्छ । प्रकृतिले प्रदान गरेको स्वच्छ वातावरणकै भरमा मानवको जीवन अडेको छ । तथापि, हालका दिनहरुमा मानव निर्मीत अनियन्त्रित विकासबाट प्रकृतिको असन्तुलन बढेको छ ।

असन्तुलित वातावरणमा मानवीय जीवन मात्र होइन, समस्त प्राणी जगत नै खतरामा पर्दछ । यस स्थितिमा मानवजातिको मात्र होईन सम्पूर्ण प्राणीको अस्तित्व समाप्त हुन सक्दछ

वातावरणीय असन्तुलन भन्नाले कुनै पनि मानवीय गतिविधिको कारण यस संसारको पाँच भौतिक तत्वहरू (पानी, हावा, माटो, तेज र आकाश) र प्राणी जगतमा हुने विकृति अर्थात् पर्यावरणमा पार्ने नकारात्मक असर आदि हुन् । पृथ्वीमा भएका प्राणीहरूको स्वास्थ्यमा पार्ने प्रतिकूल प्रभावलाई नै वातावरणीय असन्तुलन हो भनि बुझ्न सकिन्छ । दिनप्रतिदिन बढ्दो सहरीकरण, आणविक हातहतियारहरूको प्रयोग, विषालु रसायनहरूको प्रयोग आदिले गर्दा मानवजातिको मात्र नभई यस धर्तीमा रहेका सम्पूर्ण जीवजन्तु तथा वनस्पतिको अस्तित्व संकटमा छ ।

मानव आफैले वातावरणलाई असन्तुलित गराएर आफ्नै जीवनलाई छोट्याइरहेको छ । वर्तमान समयमा पृथ्वीमा रहेका कैयौं वनस्पति तथा जीवजन्तुहरू लोप भएका छन् भने केही लोप हुने अवस्थामा छन् । असन्तुलित वातावरणमा मानवीय जीवन मात्र होइन, समस्त प्राणी जगत नै खतरामा पर्दछ । यस स्थितिमा मानवजातिको मात्र होईन सम्पूर्ण प्राणीको अस्तित्व समाप्त हुन सक्दछ ।

अविवेकी ढंगले प्राकृतिक स्रोतको उपयोग तथा दुरुपयोग गर्दा मानिस संकटको भूमरीमा फस्छ । जसले वातावरण प्रतिकुल हुन्छ

विज्ञानले एक पछि अर्काे चमत्कार गर्दै गइरहेको छ । वैज्ञानिक चमत्कारले प्रकृतिको विनाश गर्नु भनेको छैन । आज मानवीय जीवनलाई सहज, सुविधायुक्त, छिटो, छरितो बनाउने वैज्ञानिक चमत्कार भैरहेका छन् । मानिसले उन्नति गरिरहेको देखिन्छ । वैज्ञानिक चमत्कार र मानवीय उन्नतिभित्र प्रकृतिको विनाश समेटिनु हुँदैन । अविवेकी ढंगले प्राकृतिक स्रोतको उपयोग तथा दुरुपयोग गर्दा मानिस संकटको भूमरीमा फस्छ । जसले वातावरण प्रतिकुल हुन्छ ।

पारिस्थितिक सन्तुलनमा समस्या देखिन्छ । मानिसले प्राकृतिक स्रोतको विवेकपूर्ण प्रयोग नगर्दा वातावरणमा विकृति र विसङ्गति देखिएका हुन्छन् । वातावरणीय असन्तुलनले गर्दा प्राकृतिक विपत्तिहरु महामारी रोग, भू–क्षय, बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि आदि जस्ता समस्या भोग्नु परेको छ । जसको परिणाम उत्पादन घटिरहेको, जलस्रोतहरु सुकिरहेको र मानव लगायत सम्पूर्ण प्राणी संकटमा परिरहेकाछन् ।
शक्तिशाली राष्ट्रहरुको गठबन्धनले प्राकृतिक स्रोतले सम्पन्न देशहरुमा बहुमुल्य प्राकृति स्रोतलाई कब्जा गरिरहेका छन् ।

विश्वभर सबैले आफ्नो स्रोत, साधन प्रयोग गरी आ–आफ्नै तरिकाहरु अपनाएर कोभिड १९ महामारी रोकथाम र निवारण गर्न प्रयत्न गरिरहेका छन् ।

जसका कारण पर्यावरणीय असन्तुलन आएको छ । यी प्रकृतिविरोधी कार्यले गर्दा विपद् आउने र महामारी निम्त्याउने नयाँ प्रजातिको खतरनाक सूक्ष्म विषाणु भाइरस तथा किटाणु व्याक्टेरियाको विकास हुने गर्दछ । भनिन्छ, प्रकृतिले मानसिहरुलाई दण्डित गर्नका लागि र वातावरणलाई सन्तुलनमा ल्याउन विनासकारी महामारी आउने गर्दछ ।

अहिलेको कोरोना महामारी मानव जाति र प्रकृतिको अन्तरद्वन्द्वको उपजकै रुपमा आएको हो । कोरोना भाइरस विरुद्ध उपचार पत्ता लाग्न नसकेसम्म वा यस्तै संक्रमण भन्दा धेरै विनाशकारी महामारी संसारभर फैलिएर विश्वको मानिस लगायत धेरै जसो प्राणी सखाप हुन सक्ने अुनमान पनि गरिएको छ । विज्ञानको चमत्कार र मानवका उन्नती प्रकृति केन्द्रित हुनु पर्दछ । मानिस जिम्मेवार बन्नुपर्छ । प्राकृतिक स्वच्छताका लागि मानिसले प्रयत्न गर्नुपर्दछ ।

नेपाली सहित कोरोनाबाट विश्वभरका मानिसहरु प्रभावित भईरहेका छन् । विश्वभर सबैले आफ्नो स्रोत, साधन प्रयोग गरी आ–आफ्नै तरिकाहरु अपनाएर कोभिड १९ महामारी रोकथाम र निवारण गर्न प्रयत्न गरिरहेका छन् । कोरोना भाइरसको महामारी पहिलो पटक आएको हो कि भन्ने हामी धेरैलाई लागिरहेको छ । मानव समाजले प्राचिनकालदेखि विभिन्न प्रकारका महामारी भोग्दै आएको इतिहास छ । यसअघि मानव समाजले विफर, प्लेग, हैजा, पोलियो, क्षयरोग आदिको सामान गर्दै आएका थिए ।

हाल देखा परेको भाइरस यसभन्दा पहिले देखा परेका भन्दा नयाँ प्रकारको भएकोले नोवेल कारोना भाइरस (कोभिड–१९) भनिएको हो । यो भाइरसबाट मानिसमा सरेको अनुमान गरिएको छ ।

विकाससँगै गरिएको विनास, प्राकृतिक स्रोतहरुको दोहन, अतिक्रमणले विश्वव्यापी वातावरण नराम्ररी खलबलाईरहेको छ । शक्तिशाली राष्ट्रहरुलाई समेत अस्तव्यस्त बनाईरहेको रोग हो यो । मानव सभ्यताको इतिहासमा यस्तो रहस्यमयी रोग पहिलो पटक आएको हो । यो महामारी पहिले पनि आएकाअन्य रोग भन्दा खतनाक मानिएको छ ।यस्तो महामारी विरुद्ध हामीले कहिलेसम्म सामना गर्नु पर्ला ? छिट्टै निवारण हुन सक्ला ? यी प्रश्नहरु हाम्रा सामु स्वभाविक आईरहेका छन् ।

भाइरस धेरै प्रकारका हुन्छन् । कोरोना पशुपक्षीहरु, मुुसा, चमेरो र जंगली जनावरको शरीरमा पाइने भाइरस हो । यसले कुखुरा, चरा, सुँगुर तथा अन्य पशुपक्षीहरुमा रुघाखोकी गराउँछ । पशुपक्षीमा देखा पर्ने प्रायजसो भाइरस मानिसहरुको सम्पर्कमा आउने गर्दछ । भाइरसले आफ्नो आनुवंशिकरुपमा परिवर्तन गर्दै जाँदा नयाँ भाइरसको विकास हुन्छ । जीवजन्तुबाट मानिसको शरीरमा प्रवेश गरी श्वासप्रश्वास प्रणालीमा संक्रमण गर्ने थियो । हाल देखा परेको भाइरस यसभन्दा पहिले देखा परेका भन्दा नयाँ प्रकारको भएकोले नोवेल कारोना भाइरस (कोभिड–१९) भनिएको हो । यो भाइरस बाट मानिसमा सरेको अनुमान गरिएको छ ।

यो कोभिड–१९ नयाँ प्रजातिको भाइरस भएकोले संसारका मानिसको शरीरमा रोगविरुद्ध लड्ने रोगप्रतिरोध क्षमता छैन । त्यसैले कोभिड–१९ संसार भरी महामारी रोगको रुपमा फैलिंरहेको छ । प्रत्येक वर्ष मौसमी फ्लु रुघाखोकीको संक्रमणबाट मानिसको मृत्यु हुन्छ । मौसम परिवर्तनको समयमा देखा पर्ने मौसमी रुघाखोकी वा इन्फ्लुएन्जा भाइरस गर्मीमा प्रायः निस्क्रिय हुन्छन । तर, हाल देखा परेको कोरोना भाइरसको स्वभावअनौठौ छ । यसको तथ्यपूर्ण जानकारी हालसम्म पत्ता लागेको छैन । यसको बारेमा अध्ययन भइरहेको छ ।

वातावरणीय सन्तुलन कायम राख्न र त्यसको सुरक्षा गर्नुलाई वातावरण संरक्षण भनिन्छ

जति विज्ञान प्रविधि आर्थिक ,भौतिक रूपमा विश्व सम्पन्नताको शिखर चढे पनि वातावरणको सन्तुलन गर्न नसक्दा साना अल्पविकसित मुलुकमा समेत असर परिरहेको छ । आज विश्व व्यापी रूपमा बढ्दो तापक्रमले कयौं वन्यजन्तुको अस्तित्व खतरामा छ । कयौं चराचुरुङ्गी र जनावरहरु लोप भइसेका छन् । वातावरणको सन्तुलनमा हामी आ आफ्नोसमुदायबाट जेजति गर्न सक्छौं क्रियाशील हुनु पर्दछ । स्वच्छ वातावरण, स्वस्थ जीवन बाँच्न आ आफ्नो क्षेत्रबाट प्रयत्न गर्नु पर्दछ ।

हाम्रो मात्र जीवन बाँचेर पुग्दैन भावी सन्ततिले पनि स्वस्थ जीवन बाँच्न पाउनुपर्छ । त्यसका लागि आजैबाट वातावरण सन्तुलन राख्न प्रयन्त गर्नु पर्दछ ।वातावरणीय सन्तुलन नबिग्रियोस् भन्नका खातिर मानविय व्यवहारमा पनि परिवर्तन गर्न आवश्यक छ । सन्तुलित वातावरण रहे मात्र हामी बाँच्न सक्छौँ । यस कुरालाई ध्यान नदिई दिनानुदिन शहरीकरण, आणविक हातहतियार तथा विषालु रसायनहरूको प्रयोगले गर्दा मानवजातिको मात्र नभई पृथ्वीमा रहेका जीवजन्तु तथा वनस्पतिहरूको नाश हुन सक्ने गम्भीर परिवेशहरू हाम्रा अगाडि विद्यमान छन् । त्यसैले, समयमै वातावरण संरक्षणमा ध्यान दिन आवश्यक छ ।

वातावरणीय सन्तुलनको चेतना बढाउने, भौतिक विकासको क्रियाकलापबाट वातावरणमा प्रतिकूल असर पर्न नदिने र यसको संरक्षणमा विशेष जोड दिन नागरिक सहकार्य जरुरी हुन्छ । वातावरणीय क्षतिबाट हुनसक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ र स्वस्थ वातावरण कायम गर्नुपर्दछ ।

वातावरणीय सन्तुलन कायम राख्न र त्यसको सुरक्षा गर्नुलाई वातावरण संरक्षण भनिन्छ । जसले वातावरणको व्यवस्थापन गर्न सघाउ पुर्याउँछ । वातावरणको सिर्जना यस पृथ्वीमा रहेको जीवजगत र प्राकृतिक सम्पदाहरूको संयोगबाट हुने भए पनि यसको संरक्षणमा मानवजातिको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले वातावरण सन्तुलन राख्नु हामी सबैको कर्तव्य हो । वातावरणीय सन्तुलनको चेतना बढाउने, भौतिक विकासको क्रियाकलापबाट वातावरणमा प्रतिकूल असर पर्न नदिने र यसको संरक्षणमा विशेष जोड दिन नागरिक सहकार्य जरुरी हुन्छ । वातावरणीय क्षतिबाट हुनसक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ र स्वस्थ वातावरण कायम गर्नुपर्दछ ।

प्रकृति, वातावरण र मानिस एक अर्काेमा फरक देखिए पनि यी एकै हुन् । यिनीहरु बीच एक अर्कासँग अन्योन्याश्रित सम्बन्ध रहन्छ । प्रकृति, वातावरण र मानिसको भिन्नाभिन्नै व्याख्या, सोच विकास भएको छ,जसले प्रकृतिमै असन्तुलन कायम गर्दछ । मानिस चेतनशील प्राणी भएकोले प्रकृति र वातावरण वीच सन्तुलन कायम राख्न अग्रसर हुनुपर्दछ । वातावरण सुरक्षित बनाइ प्रकृतिमा सन्तुलन कायम राख्नु नै मानिस स्वयं संकटमुक्त हुनु हो । प्रकृतिका विरुद्धमा कोही पनि जान सक्दैन ।

यती कुरा थाहा हुदाँहुदैँ पनि मानव प्रकृतिमाथि विजय प्राप्त गर्ने नाममा गलत कार्यहरु गर्न उद्दत छ । प्राकृतिक संतुलन विथोल्ने काम केवल मानवले मात्र गरेको पाइन्छ । अन्य प्राणीहरु त प्राकृतिक सुन्दरतामै रमाईरहेका हन्छन । मानव चाहिँ प्राकृतिक वातावरणलाई आफ्नो आनुकुल बनाउने कोसिस गर्दछ । प्रकृतिकै विनाश गर्न अग्रसर हुन्छ । मानिसले भौतिक सुबिधा प्राप्त गर्ने क्रममा प्राकृतिक वातावरणको स्वच्छतामा खलल पुर्याइरहेको हुन्छ । वातावरण असन्तुलित भएपछि मानिसले आफू पूर्ण स्वस्थ बनेर बच्ने कल्पना गर्नु ब्यर्थ हुन्छ । वातावरण सन्तुलित नभएमा मानिस अपांग सरह नै बन्न पुग्दछ । अपांग भएर बच्न ज्यादै गाह्रो हुन्छ ।

मानवीय, सामाजिक, आर्थिक तथा समुन्नत विकासका हरेक क्षेत्रमा नकारात्मक असर पारेको छ । तथापी, प्रकृतिसँग हाम्रो सम्बन्ध सन्तुलित रहिरहोस ।

स्वास्थ्य नै जीवन हो भन्ने कुरा मानवले कदापि बिर्सिनुहुँदैन । मानिस स्वस्थ छ भने जीवनमा धेरै कामहरु गर्न सक्दछ । वातावरण स्वच्छ भएमा मात्र मानिस स्वस्थ बन्न सक्दछ भन्ने कुरालाई सबैले आत्मसात गर्नुपर्दछ । वातावरण संरक्षणका लागि कन्जुस्याइँ गर्नुहुदैन । जुन काम गर्दा वातावरणमा प्रतिकूल असर पर्छ, त्यस्ता कामहरु बिर्सेर पनि गर्नुहुँदैन ।असन्तुलित वातावरण मानवजतिको सर्वनाशको जड भएकाले वातावारणलाई सन्तुलनमा राख्ने प्रयास गर्नु पर्दछ। जीवनको स्वस्थताका निम्ति स्वच्छ वातावारण संरक्षणका लागि व्यक्ति, समाज र विश्व नै सचेत बन्नुपर्ने आवश्यकता टड्कारो देखा पर्छ ।त्यसैले सबै मिलेर वातावरणको संरक्षण गर्नु आजको आवश्यकता नै हो ।

वातावरणको सिर्जना यस पृथ्वीमा रहेको जीवजगत र प्राकृतिक सम्पदाहरूको संयोगबाट हुने भए पनि यसको संरक्षणमा मानवजातिको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले वातावरण स्वच्छ राख्नु हामी सबैको कर्तव्य होसंसारका प्राणीहरुमध्येको विवेकशील प्राणी मानिस नै भएकाले वातावारणलाई जोगाउने दायित्व उसकै हातमा छ । मानव लगायत अन्य प्राणीहरुको जीवन वातावरणमै भरपर्ने हुनाले वातावरणंको संरक्षण गर्नु अत्यावश्यक छ । प्राकृतिक सम्पदाहररुलाई जोगाई वातावारण संरक्षण गर्नु सबैका निम्ति हितकर छ ।

हाम्रो सोच विचार वातावरणमा निर्भर गर्दछ । मानिसको स्वस्थ र सन्तुष्ट सोचका लागि वातावरण स्वच्छ हुन अत्यन्त आवश्यक पर्दछ । जीवनमा महानतम विचारको स्रोत उपयुक्त वातावरण हो । सर्व विकास हुन मानवको शारीरिक, मानसिक र सामाजिक विकास हुन आवश्यक पर्दछ । यसका लागि जैविक विविधताको संरक्षण गर्नुपर्ने, प्राकृतिक स्रोतसाधनहरूको समुचित किसिमले प्रयोग गरी संरक्षण गर्ने, औद्योगिकीकरण तथा सहरीकरण गर्दा वातावरणीय प्रभावलाई ध्यान दिनुपर्ने, क्लोरोफ्लोरोकार्बन र मिथेन जस्ता विषालु ग्याँसहरूको उत्पादनमा रोक लगाउनुपर्ने, किटनाशक औषधी र रसायनहरूको प्रयोग कम गर्दै जानुपर्ने र यातायातका साधनहरूको प्रदूषण कम गर्दै जानुपर्ने देखिन्छ ।

यति मात्र होइन, वातावरणीय शिक्षाको व्यापक प्रचार–प्रसार गरी जनचेतना अभिवृद्धि गर्नुपर्ने देखिन्छ । यो जगतमा वातावरण स्वच्छ र स्वस्थ हुन अत्यन्त आवश्यक पर्दछ । स्वच्छ विचारबाट स्वस्थ शरीरको निर्माण हुन सक्छ अनि स्वस्थ शरीर र असल विचारबाटै अपेक्षित सन्तुष्टि प्राप्त गर्न सकिन्छ ।

अनुसन्धानकर्ताहरुका अनुसार मानवले वातावरणप्रति देखाउने अव्यवहारिकताका कारण नयाँ नयाँ प्रजातिका विषाणु तथा किटानु उत्पन्न हुने गर्दछ । कोभिड १९ पनि यस्तै वातावरणीय असन्तुलनको परिणाम हो । धनी होस या गरिब सुविधा सम्पन्न भएपनि वातावरणमा पारेको असरबाट आज यस्तो भयावहको स्थिती आएको हो । मानवीय, सामाजिक, आर्थिक तथा समुन्नत विकासका हरेक क्षेत्रमा नकारात्मक असर पारेको छ । तथापी, प्रकृतिसँग हाम्रो सम्बन्ध सन्तुलित रहिरहोस ।

प्रतिक्रिया दिनुहोस