कोरोना निको भएका बैतडीका युवक कारागार चलान

जेठ २१, २०७७

बैतडीका पहिलो कारोना संक्रमित युवक निको भएका छन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकै बेला डिलाशैनी गाउँपालिका-२ का २२ वर्षीय युवकलाई कोरोना संक्रमणको पुष्टि भएको थियो ।

जेठ ९ गते अस्पताल भर्ना भएका उनी बुधबार डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । मंगलबार र बुधबार गरिएकाे पीसीआर परीक्षणकाे रीर्पोट नेगेटिभ आएपछि उनी डिस्चार्ज भएका हुन् ।

वैशाख १३ गते डिलाशैनी २ कै स्थानीय किशोरीको हत्या आरोपमा वैशाख १५ पक्राउ गरेको व्यक्तिलाई कोरोना संक्रमण भएको थियो । उनी चैत ६ गते भारतको दिल्लीबाट फर्किएका थिए । कारागारमै रहदा संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका ती व्यक्तिलाई निको भएलगत्तै प्रहरीले पुर्पक्षकालगि कारागार चलन गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक किसन चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस