वडा अध्यक्षलाई कोरोना संक्रमण भएपछि झेल्नेटा र मुर्कुटी सिल

जेठ २१, २०७७

दाङ-दाङको बंगलाचुली गाँउपालिका वडा नं. ५ का अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि सो वडाको झेल्नेटा र मुर्कुटी बजार क्षेत्र सिल गरिएको छ।

बंगलाचुली गाउँपालिकाले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी वडाको झेल्नेटा र मुर्कुटी क्षेत्रलाई अनिश्चितकालको लागि सिल गरिएको हो।

`सुधा माध्यमिक विद्यालय झेल्टेनामा रहेको क्वारेन्टाइन व्यवस्थापनमा खटिनु भएका व्यक्ति सहित पाँचजनाको पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएपछि उच्च जोखिम क्षेत्रमा अर्को सूचना नआए सम्मको लागि सिल गरिएको छ´ सूचनामा भनिएको छ-`अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन हुन अनुरोध गरिन्छ।´

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाव परीक्षणमा ५४ वर्षीय वडाध्यक्षमा कोरोना पोजेटिभ देखिएको थियो। भारतबाट आउने वडावासीहरुको उद्धारमा खटिएका उनमा कोरोना पुष्टि भएपछी अति जोखिम क्षेत्रमा सिल गरिएको हो।

प्रतिक्रिया दिनुहोस