दाङमा थप ८ जनामा कोरोना संक्रमण भएकाे पुष्टी

जेठ २०, २०७७

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार गरिएको कोरोना परिक्षणका क्रममा ९ जनामा कोरोना भाइरसको पुष्टी भएकाे छ । संक्रमित हुनेमा दाङका ८ जना सहित प्युठानका १ जना रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिबाट गरिएको कोरोना परिक्षणका क्रममा  बंगलाचुली गाउँपालिका–७ निवासी २९ बर्षीय एक पुरुष र बंगलाचुली–५ का १९, २७, ३१, ३२ र ५४ बर्षीय पुरुषहरुमा कोरोनाको संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनीहरु सरस्वती माध्यामिक विद्यालय जवरकोट र सुधा माध्यामिक विद्यालय झेल्नेटाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

त्यसै गरी देउखुरीको राप्ती गाउँपालिका–१ निवासी १८ बर्षीय पुरुष र ९ नम्वर वडाका ५५ बर्षीय पुरुषमा पनि कोरोनाको संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । उनीहरु नवप्रतिभा आधारभुत विद्यालय र आदर्श माधयामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका छन्।

मंगलबार नै प्यठानको स्वर्गद्धारी नगरपालिका–४ निवासी ५९ बर्षीय एक पुरुषमा पनि कोरोनाको संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । अहिलेसम्म दाङका ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस