असार १ गतेदेखि पढाइ सञ्चालन हुने गरी सरकारले ल्यायो निर्देशिका

जेठ १, २०७७

असार १ गतेदेखि वैकल्पिक विधिबाट विद्यालयको पठनपाठन सुरु गर्ने गरी शिक्षा मन्त्रालयले नयाँ निर्देशिका ल्याएको छ ।

‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ हालै शिक्षा मन्त्रालयले स्वीकृत गरेको हो । निर्देशिकामा विद्यार्थीको पाँच तहमा वर्गीकरण गरी विभिन्न वैकल्पिक माध्यमबाट पढाइ गरिने उल्लेख छ ।

जसअन्तर्गत अनलाइन, टेलिभिजन, दूर शिक्षा लगायत वैकल्पिक विधिबाट पढाइ गरिने बताइएको छ । कम्प्युटर तथा अनलाइनको पहुँच नपुगेका विद्यार्थीलाई पनि निर्देशिकाले समेटेको छ ।
उक्त निर्देशिका प्रदेश तथा स्थानीय तहका सरकारले असार १ गतेदेखि नै लागू गराउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस