साेमबार थपिएका संक्रमित कुन जिल्लामा कति?

जेठ १, २०७७


पछिल्लो २४ घन्टायता नेपालमा २२६ जनामा कोरोना संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७९८ पुगेको छ। हालसम्म १ हजार ६ सय ६७ जना पुरुषमा संक्रमण देखिएको छ भने महिलाको संख्या १३१ छ।

सोमबार २१३ जना पुरुष र १३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको  मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन्।
उनका अनुसार विराटनगरको कोशी अस्तपालमा गरिएको परीक्षणमा झापाका २ जनामा कोरोना संक्रमण भेटिएको छ। छ। यसैगरुी पोखराको क्षेत्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू तीनै जना नवलपरासी पूर्वका हुन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही प्रयोगशालामा जुम्लामा १९ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

सुर्खेतका प्रयोगशालामा गरिएको प्रयोगशालामा दैलेखका १७, सल्यानका १० र सुर्खेतका ५ जना गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काभ्रेको धुलिखेल अस्पताल प्रयोगशालमा रौतहटका १८ र कपिलवस्तुका २ जनामा गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बाँकेको भेरी अस्तपालमा परीक्षण गर्दा बाँकेका ७ जनामा यसको संक्रमण पुष्टि भएको छ। यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू सबै दाङकै हुन्।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ९२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ। उनीहरुमध्ये धनुषाका ७ कपिलवस्तुका ३८ जना छन्। यस्तै महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिराहाका ५ र उदयपुरका १ जनामा समेत कोरोना पोजेटिभ आएको छ। यस्तै सेती अस्पतालमा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरु कैलालीका १४, अछामका १, बैतडीका १, डोटीका १ र कञ्चनपुरका १ जना छन्।

हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

नेपालमा कोरोना संक्रमणका कारण ८ जनाको भने मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस