घोराहीका ९ जनामा कोरोना पोजेटिभ

जेठ १, २०७७

तुलसीपुर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा घोराही उपमहानगरपालिकाका ९ जनामा कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञप्ती जारी गरेर यस्तो जानकारी गराएको हो ।

कोरोना संक्रमण पोजेटिभ भएकाहरु सबै रामपुरको क्वारेन्टाइनमा रहेका छन् । प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवका अनुसार संक्रमित हुनेहरुमा घोराही १ का ३० वर्षिय पुरुष र ११ वर्षिय बालिका गरी २ जना, वडा नम्वर २ का १९,२६,४०,४५ र ४६ वर्षका ५ जना पुरुष, वडा नम्बर ५ का ५३ वर्षिय १ जना र वडा नम्बर १७ का २० वर्षिय १ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस