बाँके दुर्घटनामा मृतक ११ जनाको नाम खुल्यो

जेठ १, २०७७

नेपालगञ्ज १९ जेठ । बाँकेको ठुरिया जंगलमा गएराती भएको सवारी दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको नाम खुलेको छ ।

सो दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । बाँकी एक जनाको नाम अझै नखुलेको प्रहरीले जनाएको छ ।

नाम खुलेकाहरुको पनि ठेगाना भने पहिचान भइनसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म पहिचान भएका मृतकहरुमा बुद्धिराम बिक, भीमबहादुर बिक, दिलबहादुर बिक, नरेन्द्र बिक, मोहनचन्द्र बिक, रामबहादुर पुन, पुर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्का रहेका छन् ।

यस्तै दुर्घटनामा परी घाइते भएका चार जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा २१ जना घाइते भएका थिए ।

उनीहरुको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाले जानकारी दिए ।

दुर्घटनामा परेकाहरु सबै भारतबाट आएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा सबैभन्दा धेरै सल्यान जिल्लाका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस