मानवताकाे प्रश्न

छोरी दिन मन थिएन भने सम्झाइ बुझाइ गरेर पठाउन सकिन्थ्यो
तर,
त्यसरी ती कलिला युवकलाई त्यसरी कुटीकुटी मार्नु
न त मानवताले हक दिएको छ
न त संविधानले सुनिश्चित गरेको छ।
यो उमेरमा तीनले पनि के के सपना देखेको थिए होलान
र ,
तीनका बुवा आमाले पनि छोराले प्रगति गरोस,
ठूलो मान्छे वनोस भनेर सोचेका थिए होलान्।
अह,
तर ती बुवा आमाको सपना पूरा हुन दिएन
यो समाजले
यो समुदायले।
सायद उनले सोचेको थिएनन् होला
तीनको मानसिकता र धारणाले
उनलाइ जातीय अन्तरबिचको सीमा अन्त्य भएको
दिलासा दिएको थियो होला
जसले गर्दा आज
उनी एउटा प्रेमीको रुपमा सहिद भएर
यो सिंगो खुम्चिएको सोचबाट विदाइ भए।
यो एउटा दलित जातीको विषय मात्र नभएर
सिंगो मानवजातीको विषय हो।
नेपाल ल क्याम्पस काठमाडाै
प्रतिक्रिया दिनुहोस