दाङका कोरोना संक्रमितमा डेंगु

जेठ १८, २०७७

दाङ। दाङका एक कोरोना संक्रमितमा डेंगु राेग भेटिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड-१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका-६ का ३० वर्षीय पुरुषमा डेंगु फेला परेको हो।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत उनलाई नियमित ज्वरो आएपछि परीक्षण गर्दा डेंगु भेटिएको जनाइएको छ।

चन्दका अनुसार उनको रगत र पिसाब परीक्षण गर्दा डेंगु पोजिटिभ देखिएपछि त्यहीअनुसार उपचार भइरहेको छ। १६ जेठमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनको काेभिड-१९ परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो।

प्रतिक्रिया दिनुहोस