क्वारेन्टाइनमा खटिएका दुई स्वास्थ्यकर्मी  सहित आइतवार दाङ्गका ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४ पुग्यो

जेठ १८, २०७७

दाङ–क्वारेन्टाइनमा खटिएका दुई जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखीएको छ । गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा खटिएका दुई जना पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएको र उनीहरुलाई कोरोना बिशेष अस्पताल वेल्झुण्डी लगीएको गढवा स्वास्थ्य शाखाले जनाएको छ ।

लमही नगरपालिका वडा नं. १ निवासी ४० बर्षिय र राप्ती गाउँपालिका वडा नं. ८ निवासी ३६ बर्षिय स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो ।‘लकडाउन भएपछी दुवै स्वास्थ्यकर्मी घर जानु भएको छैन् । उहाँहरुलाई यहीं क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको थियो’गढवा स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले भने–‘थप उपचारको लागी कोरोना बिशेष अस्पताल बेल्झुण्डी लगिएको छ ।’

यस्तै गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका अन्य दुई जना व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको छ । गढवा–६ निवासी ३६ बर्षिय र गढवा–७ निवासी २४ बर्षिय पुरुष व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । दुवै जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका मध्य रहेको जनाइएको छ । यो संगै जिल्लामा थप ९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना पिसिआर परिक्षणमा दाङका ४ पालिकाका ९ जनाका कोरोना संक्रमण भएको पुष्टी भएको हो । तुलसीपुर उपमहानगरपालिकाका ५ जना, गढवा गाउँपालिकाका २, राप्ती गाउँपालिका र लमही नगरपालिकाका दुईजना जनामा कोरोना पुष्टि भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का १ जना, वडा नं. १५ का १ जना र वडा नं. १६ का ३ जना रहेको पाइएको छ । योसँगै दाङमा संक्रमितहरुको संख्या ३४ पुगेको छ

प्रतिक्रिया दिनुहोस