तुलसीपुरका ५ जनामा कोरोना संक्रमण

जेठ १८, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् । रक्षाचौर क्वारेन्टाइनमा रहेका तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १६ का १८,२३ र २० वर्षका ३ जना , वडा नम्वर ६ का २० वर्षिय १ जना र वडा नम्वर १५ का ३२ वर्षिय १ जना रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त क्वारेन्टाइनमा रहेका १०७ जनाको स्वाब लिइएकोमा ५ जनाको पोजेटिभ आएको तुलसीपुरका कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।

संक्रमितहरुलाई बेलझुण्डी कोरोना अस्पतालमा लैजाने तयारी भइरहेको छ । संक्रमित सबै भारतबाट आएर क्वारेन्टाइनमा वस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस