टरिगाउँ विमानस्थललाई अवरोध नगरौः संयोजक डाँगी

जेठ १८, २०७७

 

तुलसीपुर । टरिगाउँ विमानस्थलका संयोजक सुर्यवहादुर डाँगीले विमानस्थललाई बजेटले सम्बोधन नगरेको प्रति आपत्ति जनाएका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका डाँगीले मन्त्री स्वयमले धावनमार्ग विस्तारका लागि पहल गर्ने प्रतिवद्धता जनाएको भएपनि पुरा नभएको वताए । ‘२०११ सालदेखि चलिरहेको विमानस्थललाई प्राविधिक ढँगले राम्रो छैन भन्नु उचित होइन’ उनले भने ।

टर्मिनल भवन समेत निर्माण भएर इन्धन डिपोको काम अगाडि वढिसकेको अवस्थामा सरकारले वजेट व्यवस्था नगर्नु दुखपूर्ण कुरा भएको वताए । विमानस्थल संयोजकका हिसाबले निरन्तर काम अगाडि वढाइरहेको वताउँदै कसैको स्वार्थका कारण भइसकेको संरचनालाई अन्यत्र सार्न नसकिने डाँगीको कथन छ ।

दाङ्गका सांसदहरुले तत्काल यसबारेमा दबाव दिएर काम अगाडि वढाउनका लागि पहल गर्न आवश्यक रहेको समेत उनले वताए ।

प्रतिक्रिया दिनुहोस