फेसबुक म्यासेन्जर लगआउट गर्ने तरिका

जेठ १८, २०७७

के तपाईं फेसबुक म्यासेन्जरमा म्यासेजको घन्टी बजेर हैरान हुनुहुन्छ? यस्तो अवस्थामा तपाईं नोटिफिकेसन अफ वा एप्स नै अनस्टल गर्न बाध्य हुनुहुन्छ होला। फेसबुक म्यासेन्जरमा लगआउटको सुविधा दिइएको छैन। तपाईंलाई थाहा छ, फेसबुक म्यासेन्जरमा लगआउटको अप्सन नराखेको भए पनि त्यसलाई लगआउट जस्तै गर्न सकिन्छ र चाहेका बेला पुनः चलाउन पनि सक्नुहुन्छ।

तपाईंले मोबाइल सेटिङमा गएर म्यासेन्जर एप लगआउट गर्न सक्नुहुन्छ। यो लगआउट तरिका एन्ड्रोइड एप्लिकेसनका लागि हो। आइएसओ एप्लिकेसनका लागि अन्य तरिकाबाट म्यासेन्जर लगआउट गर्न सकिन्छ।

निम्न तरिका अपनाउनुस्

  • मोबाइल सेटिङमा जानुहोस्।
  • अब एप्स अप्सनमा जानुस्।
  • त्यहाँ विभिन्न एप्स हुन्छन्। त्यसमध्ये म्यासेन्जरमा जानुहोस्।
  • तपाईंले स्टोरेज अप्सन देख्नुहुन्छ। स्टोरेजमा क्लिक गर्नुहोस्।
  • स्टोरेजभित्र ‘क्लियर डाटा’ अप्सन हुन्छ। क्लियर डाटामा क्लिक गर्नुहोस्। अब क्यान्सिल र डिलिट अप्सन देखिन्छ। अब डिलिट अप्सन क्लिक गर्नुस्।

डिलिक्ट अप्सन क्लिक गर्दा त्यसभित्रका कुनै पनि फाइल तथा डाटा डिलिट हुँदैनन्। अब तपाईंको म्यासेन्जर लगआउट भइसक्यो। तपाईंले त्यो फाइल बन्द गरेर पुनः म्यासेन्जरलाई खोल्नुहोस्। म्यासेन्जर लगआउट भइसकेको हुन्छ।

चाहिएको कुनै पनि बेला म्यासेन्जरलाई पुनः लगइन गर्न सक्नुहुन्छ। तपाईंले यसका लागि त्यहाँ मागेको अप्सनअनुसार जान सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस