१८९ नयाँ संक्रमित थपिए, कुल संख्या १४०१ पुग्यो

जेठ १७, २०७७

 

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १८९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

विभिन्न प्रयोगशालाहरूमा गरिएको नमूना परीक्षणमा १८९ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य कार्यालय टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका ७७, सर्लाहीका १७, सिरहाका ११, धनुषाका ७, महोत्तरीका ४, रौतहटका ६,  झापाका र ललितपुरका एक/एक जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कपिलवस्तुका २६ जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ९ जनामा संक्रमण पुष्टि भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका ३, दाङका ५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

नारायणी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बाराका १ र पर्साका २ जनामा संक्रमण देखिएको छ।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका १४ र कोशी अस्पतालमा गरिएको परीक्षणमा संखुवासभाका २ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस