मन्दीप भुजको हत्या आरोपमा एक जना होटेल संचालक सहित ८ जना पक्राउ

जेठ १७, २०७७

 

ईलाका प्रहरी कार्यालय तुलसीपुरले मन्दिप भुजको हत्या आरोपमा एक जना होटेल संचालक सहित ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा होटे संचालकदेखि मन्दीप सँगै बसेर खाने अरु युवाहरु पनि छन् । शुक्रबार साँझ तुलसीपुर उपमहानगरपालिका ९ को मैना बगरमा रहेको एक होटेलमा सँगै बसेर खाने युवाहरु सहित होटेल संचालकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको नाम भने प्रहरीले अनुसन्धानमा बाधा पुग्ने भन्दै खुलाएको छैन ।

तुलसीपुरको अटोभिलेजमा रेडिवाटरको काम गर्ने तुलसीपुर ९ को मैनाबगरमा २८ वर्षिय मन्दीप भुजको गएराति हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि प्रदादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस