टरिगाउँ विमानस्थल बिस्तार भएरै छाड्छ: प्रतिनिधि सभा सदस्य चौधरी

जेठ १७, २०७७

तुलसीपुर । तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलका बारेमा सरकारले वजेटमा कुनै पनि व्यवस्था नगरेको प्रति दाङ्गका एक प्रतिनिधि सभा सदस्यले चिन्ता व्यक्त गरेका छन् ।

दाङ्ग प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद मेटमणी चौधरीले खबरशालासँग कुरा गर्दै थोरै लगानीमा विस्तार गर्न सकिने चालु हालतमा रहेको विमानस्थलका वारेमा सरकारले केही नबोल्नु दुखपूर्ण भएको बताएका छन् ।

२०११ सालदेखि सञ्चालन भइरहेको विमानस्थललाई प्राविधिक ढंगले ठीक छैन भनिनु उचित तर्क नभएको उनको भनाई छ । “कसरी यसलाई मिलाउने र उपयुक्त वनाउने भन्ने कुरामा छलफल र अध्ययन गर्न सकिन्छ तर भएको विमानस्थललाई माया मार्ने कुरा आउँदैन” सांसद चौधरीले भने । उनले यस विषयमा संसदमा समेत कुरा उठाउने समेत बताए।

“टरिगाँउ एयरपोर्टको धवनमार्ग बिस्तार गरिन्छ, ठुलो जहाज बसालिन्छ र दाँङ जिल्ला लगायत छिमेकी जिल्लामा हवाई यातायातमा सहजता ल्याइन्छ ।” उनले वताए ।

प्रतिक्रिया दिनुहोस