एकाबिहानै तुलसीपुरमा एक युवा मृत फेला

जेठ १७, २०७७

तुलसीपुर । एकाबिहानै  तुलसीपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।  तुलसीपुर उपमहानगरपालिका– ९ मैनामगर निवासी २८ बर्षका मन्दिप भुजेल मृत फेला परेका हुन् । उनकाे  गएराति हत्या भएको हुनसक्ने  ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख हरिहरनाथ याेगीले जानकारी दिए ।

अटोभिलेजदेखि करिब डेढ सय मिटर उत्तरतर्फ ज्ञानज्योति आधारभुत विद्यालयको भवन पछाडी भुजेल शनिवार बिहान मृत अवस्थामा फेला परेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी निरीक्षक डम्बर पालको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोली अनुसन्धान सुरु गरेको छ ।  यसैबिच प्रहरीले अनसुन्धानका लागि स्थानीय ३ जना युवकलाई नियन्त्रणमा समेत लिएको प्रहरीले जानकारी दिएकाे छ  । मृतक भुजेलले अटोभिलेजमा  काम गर्थे ।

प्रतिक्रिया दिनुहोस