चट्याङ लागेर दुईको मृत्यु

जेठ १६, २०७७

रोल्पा । चट्याङ लागेर शुक्रबार दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा, त्रिवेणी गाउँपालिका –७ गैरीगाउँ नन्दीखोलाका ७५ वर्षीया खिरमाली बाँठा र २१ वर्षीया आशा बुढा रहेको प्रहरीले जनाएको छ ।

घरमा बसिरहेका अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरुलाई रोल्पा अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रवहादुर गुरुङले जानकारी दिए । रोल्पामा यसअघि पनि हालै दुईको चट्याङ लागेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस