बबई गाउँपालिका सहित दाङका पाँच जनाका कोरोना संक्रमण

जेठ १६, २०७७

दाङ, १६ जेठ । दाङमा थप पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पिसिआर परिक्षणमा दाङको बंगलाचुली गाउँपालिकाका ४ जना र बबई गाउँपालिकाका १ जना गरी ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिएकाहरुमा बबई गाउँपालिका–६ हापुरेका ३० वर्षीय १ जना र बंगलाचुली गाउँपालिका– १ का २७, २८, ३३ र ४ का ३८ वर्षका व्यक्तिहरुमा कोरोना संक्रमण दभएको पाइएको छ ।

भुलीडाँडा क्वारेन्टाइनमा बस्ने १ जना र महेन्द्र मावि स्युजा क्वारेन्टाइनमा बस्ने ३ जना रहेको गाउँपालिकाले जनाएको छ । बबईको जनकल्याण मावि पदमपुरमा क्वारेन्टाइन बस्दै आएका थिए । उनी भारतको गुजरातबाट आएका हुन । त्यस्तै बंगलाचुली कोरोना देखिएका पनि भारतबाट आएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस