दाङ्गमा थप २ जनामा कोरोना संक्रमण

जेठ १५, २०७७

तुलसीपुर । दाङ्गमा बिहिवार थप २ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परीक्षणका क्रममा संक्रमण देखिएको प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाश देवले वताए ।


संक्रमण देखिएका दुबै जना गढवा गाउँपालिकाका रहेका छन् । उनीहरु दुबै क्रमशः २८ र ४१ वर्षका पुरुरुषहरु रहेको प्रतिष्ठानद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । संक्रमितहरु क्वारेन्टाइनमा वस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस