गणतन्त्र परिवर्तनको मियो बनोस्ः नगरप्रमुख पाण्डे

जेठ १५, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गणतन्त्रलाई परिवर्तनको मियो वनाउनुपर्ने उल्लेख गरेका छन् । गणतन्त्र दिवसको अवसर पारेर शुभकामना सन्देश जारी गर्दै नगरप्रमुख पाण्डेले सदियौ पुरानो राजतन्त्रको अन्त्य गरेर जनताको शासन सुरुवात भएको महत्वपूर्ण दिनको सम्झना गरेका छन् । “जनताको बलियो संघर्ष र बलिदानले आजको परिवर्तन सम्भव भएको हो” उनले उल्लेख गरेका छन् ।

सुखी जनता र समृद्ध तुलसीपुरको नारालाई सार्थकता दिनका लागि विभिन्न जनपक्षिय योजनाहरु तुलसीपुरले अगाडि बढाएको उल्लेख गर्दै नगरप्रमुख पाण्डेले नगरको समृद्धि र विकासका लागि प्रतिवद्ध रहेको समेत उल्लेख गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दीगो शान्ती, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकतावद्ध भइ सबै अगाडि वढ्नुपर्नेमा उनको जोड छ ।

कोरोनाको संक्रमणलाई मध्यनजर गरेर आपतमा परेकालाई उद्दार गर्दै क्वारेन्टाइनमा राख्नुका साथै काम ठप्प हुँदा चुलो नबल्नेहरुलाई श्रमबैक मार्फत रोजगारी र खाद्यान्न वितरण गरेर जनताका पक्षमा काम गर्दै आएको कुरा पनि उनले उल्लेख गरेका छन् ।

“कोरोनाको संक्रमणबाट हामी आफ्नै लयमा छिट्टै फर्कने छौ ” शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस