औषधि व्यवस्थापनमा समन्वयको खाँचो

जेठ १४, २०७७

तुफानबाबु श्रेष्ठ ।

तुलसीपुर । कोभिडको प्रकोपमा औषधीजन्य बस्तुहरुको उत्पादन, आयात र वितरणमा आईपरेका समस्याको समाधानका लागि सम्बन्धित पक्षहरुको भूमिका बिषयमा अन्तरक्रिया गरिएको छ ।

औषधी व्यबस्था विभाग केन्द्रिय कार्यालय काठमाण्डौले भर्चुअल डिजिटल अन्तरकृयामा बिभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधी उत्पादन, आयात र वितरणमा भएका समस्या र समाधानका लागि अपनाउनु पर्ने विधी प्रकृयाको बिषयमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा नेपाल औषधी थोक व्यबसायी संघका केन्द्रिय अध्यक्ष शिवराज बाँस्कोटाले औषधी वितरणलाई व्यबस्थित र सेवामुलक बनाउन उत्पादक, आयातकर्ता र थोक औषधी व्यबसायीको त्रिपक्षिय समन्वय हुनेपर्नेमा जोड दिए ।

बाँस्कोटाले नीति वनाएर काम अगाडि वढाउनुपर्ने वताए । औषधी व्यवसायमा अस्वस्थ प्रतिस्पर्धाका कारण व्यवसायी मर्कामा परेको भन्दै नीतिगत सुधारका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल औषधी व्यबसायी संघका केन्द्रिय महासचिव रामचन्द्र शर्माले औषधी आपुर्तीलाई व्यवस्थित गरेर विरामीको पहुँचमा पुर्याउन सम्बन्धित पक्षहरु बिच समन्वय गर्न आवश्यक रहेको वताए ।

कार्यक्रममा नेपाल आयातकर्ता संघका महासचिव पवन आचार्यले सरकारले दिएको अत्यावश्यक सेवा सन्चालन गर्नुपर्ने निर्देशनलाई पालना गर्दै शरीरको जोखिम मोलेर सेवा प्रवाह गरिरहेका औषधी व्यबसायीहरुलाई राज्यबाट प्रदान गरिने व्याजदर छुटमा समावेश नगरिएकोमा आपत्ति जनाए ।

अहिलेको यो विषम परिस्थितिमा औषधीको कारोवारमा निकै गिरावट आएको र बैङ्क ऋणको किस्ता तथा व्याज तिर्न र स्टाफ खर्च साथै घर भाडा तिर्न समेत गार्हो भएको हुँदा अन्य व्यापारीहरु सरह औषधी व्यबसायीलाई पनि राज्यले प्रदान गर्ने व्याजदर छुटको सुबिधा प्रदान गर्न पहल गरिदिनको लागि औषधी व्यबस्था विभागसँग गरे ।

कार्यक्रममा नेपाल औषधी उत्पादक संघका अध्यक्ष जि नारायण बहादुर क्षेत्रीले वर्तमान परिस्थितिमा औषधी उत्पादनको लागि कच्चा पदार्थको अभाव हुँदै गईरहेको र आपुर्तीमा ढिलाई हुनुको साथै मुल्य वृद्धि भईरहेको र कच्चा पदार्थ आयातको लागि अग्रिम भुक्तानी गर्नुपर्ने र अरु कार्य गर्न बजारबाट समयमा रकम उठ्न नसकिरहेको हुँदा औषधी उत्पादनमा समस्या भई आगामी दिनमा व्यापक औषधीको अभाव हुने सम्भावना रहेको समेत बताए ।

साथै उनले अहिलेको यो विषम परिस्तिथीमा सरकारले स्वदेशी कम्पनीका औषधीहरुलाई महत्व दिई उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने र औषधी कम्पनीहरुलाई धरासायी हुनबाट बचाउन राज्यले कम व्याजदरमा ऋण अनुदान प्रदान गरी स्वदेशी औषधी कम्पनीहरुलाई बचाउन राज्य सँग आग्रह गरे ।

कार्यक्रममा आयातकर्ता दिपक तिब्डेवाल, प्रकाश खन्डेवाल र पृथ्वीराज वैध्यले विदेशबाट आयात गर्नुपर्ने क्रिटिकल केयर र लाईफ सेविङ भ्याक्सिन तथा अन्य औषधीहरु आयात भईरहेको र र सकभर बजारमा यसको अभाव हुन नदिने प्रयास भईरहेको बताए ।

साथै उनले आयात हुने औषधीहरुको नविकरण र नयाँ औषधीहरुको दर्ता प्रकृयालाई सहज र सरल बनाईदिन औषधी व्यबस्था विभागसँग आग्रह समेत गरे। कार्यक्रममा नेपाल औषधी थोक व्यबसायी संघ प्रदेश नम्बर ५ का अध्यक्ष शालिकराम आचार्यले औषधी आपुर्तीमा ढिलाई हुने गरेको कारण बेला बेलामा अत्यावश्यक लाईफ सेविङ र क्रिटिकल केयरका औषधीहरुको अभाव हुने गरेकोले औषधी आपुर्तीको लागि ढुवानी व्यबस्थामा सहजिकरण गर्नुपर्ने बताए।

साथै उनले सरुवा रोग लगायत साधारण बिमारीमा प्रयोग हुने औषधीको खपतमा निकै कमी आएको हुँदा थोक व्यबसायीहरुसँग ठुलो परीमाणमा औषधीहरु म्याद गुज्रदै गरेको हुँदा समयमै यसको व्यबस्थापन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल औषधी थोक व्यबसायी संघ प्रदेश नम्वर १ का अध्यक्ष बिपुल दास, प्रदेश नम्वर ४ का अध्यक्ष रुद्र मल्ल र नेपाल औषधी उत्पादक संघका महासचिव बिप्लव अधिकारी लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस