सिमेन्ट बाेकेकाे ट्रकमा आगलागी
तुलसीपुर । दाङको देउखुरीमा चलिरहेको ट्रकमा एक्कासी आगलागी हुँदा २१ टन सिमेन्ट जलेर नष्ट भएको छ ।

देउखुरीको पश्चिम–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नं ९ धवाडी जाने बाटोदेखि २ किलोमिटर पश्चिम राजमार्गमा ना ६ ख ३८२५ नम्वरको ट्रकमा आगलागी भएको थियो ।
सम्राट सिमेन्ट प्रा.लि सतवरियाबाट सिमेन्ट लोड गरी सुर्खेतको लागी हिडेको ट्रकमा सोमवार साँझ एक्कासी वाईरिङ सर्ट हुदा आगलागी भएको प्रदेश नं.५ प्रहरी कार्यालय तुलसीपुरका प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिएका छन ।
आगलागीबाट ट्रक र सिमेन्ट जलि नष्ट भएको प्रहरीले जनाएको छ । घट्ना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस