थप ७२ जनामा कोरोना पुष्टि : सङ्क्रमित ६ सय ७५ पुगे

जेठ १२, २०७७

काठमाण्डाै – नेपालमा एकैदिन थप ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पुष्टि भएका ७२ जनासहित कुल सङ्क्रमितको संख्या ६ सय ७५ पुगेको छ ।

मन्त्रालयका अनुसार धनुषाको नगराइन नगरपालिकाका ३ जना पुरुष, कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४,५ र ६ का ३ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै बाराको कलैया नगरपालिकाका २ जना पुरुष, गढिमाइ नगरपालिकाका २१ जना पुरुष र रौतहटको राजपुर फरहदवा र इश्नाथका २६ जना पुरुष सङ्क्रमित भएका छन् ।

काठमाण्डौकाे टोखा नगरपालिकाका २ र बुढानिलकण्ठ नगरपालिकाका १ जनामा पनि कोरोना पुष्टि भएको छ ।

यस्तै सप्तरीको डाक्नेश्वरीका २ जना, बर्दियाको बाँसगढीका १ जना, बाँकेको दुधवा र राप्ती सोनारीका ४ जना, दैलेखको नारायण नगरपालिकाका र ढुंगेश्वर गाउँपालिकाका ५जना र गुराँस गाउँपालिकाका २ जनामा पनि सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस