कोरोना जिते तुलसीपुरका संक्रमितले

जेठ १२, २०७७

तुलसीपुर । काठमाडौमा रहेका तुलसीपुरका एक संक्रमितले कोरोना जितेका छन् । २ महिनादेखि बहिनी जुवाँईको उपचारका क्रममा काठमाडौमा रहेका उनलाई शिक्षण अस्पतालमा रहदा संक्रमण भएको थियो । जेठ २ गते कोरोना पोजेटिभ भएका तुलसीपुर उपमहानगरपालिका ४ का ४७ वर्षिय संक्रमित व्यक्ति ११ गते पाटन अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

९ दिनपश्चात उनको रिपोर्ट नेगेटिभ आएको हो । “रिपोर्ट नेगेटिभ आएपछि अहिले अस्पताल परिसरमा रहेको छुँ , यहाँ कुनै पनि व्यवस्था गरिएको छैन ” उनले खबरशालालाई फोनबाट भने ।

कोरोना नेगेटिभ भएका उक्त व्यक्तिलाई उनको घरसम्म ल्याउने तयारी भइरहेको तुलसीपुरका कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए । बाहिर बसेपनि तुलसीपुरका स्थायी वासिन्दालाई कोरोना संक्रमण भएको यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस