सामाजिक दुरी कायम गरेर इद मनाऔं: नगरप्रमुख पाण्डे

जेठ १२, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले इश्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्र इदको अवसरमा शुभकामना दिएका छन् । विविधतायुक्त समाजमा मनाइने यस्ता सांस्कृतिक उत्सव र पर्वले समाजका विभिन्न समुदायका मानिसका बिच राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान कायम गर्ने उनकाे भनाइ छ ।


शुभकामना सन्देश जारी गर्दै नगरप्रमुख पाण्डेले विश्व नै यतिबेला कोभिडसँग लडिरेहकाले यसको प्रकोपलाई मध्यनजर गरेर सामाजिक दुरी कायम गर्दै पर्व मनाउनका लागि आग्रह समेत गरेका छन् ।

“अहिले सबैको मुख्य  चुनाैती भनेको कोभिडसँग लड्ने नै हो , यही कुरालाई सबैले मध्यनजर गर्नुपर्नेछ ” शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

सरकारले आज इद उल फित्रको अवसरमा देशभर सार्वजनिक बिदासमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस