आखाँ अस्पताललाई सुविधा सम्पन्न बनाउने छौ: नगरप्रमुख पाण्डे

जेठ ११, २०७७

तुलसीपुर, ११ जेठ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरको गौरबका रुपमा रहेको राप्ती आँखा अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि प्रतिवद्ध रहेको वताएका छन् । स्थानीय सरकारको हिसावले जनताले सहजै सुविधा प्राप्त गर्न सकुन् भन्नका लागि भौतिक अवस्थालाई सुधार्नु आफ्नो दायित्व समेत रहेको कुरामा जोड दिए । “तपाइहरु योजना वनाउनुहोस् हामी काम अगाडि वढाउन तयार छौं” उनले भने ।

राप्ती आँखा अस्पतालको बहिरङ्ग विभाग, ओपीडी भवनको निर्माण कार्यको अनुगमनका क्रममा उनले यस्तो भनेका हुन् ।
कोभिड –१९ कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन संगै रोकिएको काम पुनःसुरु भएकाे हो । स्थानीय निकायले विकास निर्माण कार्यलाई सामाजिक दुरी कायम गरि सुरु गर्ने निर्णय संगै ओपीडी भवनको काम सुरु भएको हो ।

त्यसैविच तुलसीपुर उपमहानगरपालिकाले प्रदेश सरकार अन्तर्गत गौरवको योजनामा राखेर निर्माणाधिन ओपीडी भवनको उनले अनुगमन गरेका हुन् । हाल सञ्चालन भएको कामलाई अनुगमन गदै भुईतलाको निर्माणको काम र दोस्रो तलाको ढलानको काम अन्तिम चरणमा पुगेकोमा उनले खुसी व्यक्त गरे ।

ओपीडी भवनका काम अपेक्षाकृत रुपमा गुणस्तरीय देखिएको प्रमुख पाण्डेले जानकारी दिए । उनले दोस्रो तलाको काम सञ्चालन गर्दै भईतलाबाट तत्काल सेवा सुचारु गर्दा राम्रो हुने सुझाए । पाण्डेले भवनको बाँकी कामका लागि पनि उपमहानगरपालिकाको तर्फवाट आवश्यक सहयोगका लागि प्रतिवद्धता व्यक्त गरे ।

नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालको गुरुयोजना अन्र्तगत ५ हजार ८ सय ९२. ८२ स्क्वायर फिटमा निर्माण सुरु भएको ओपीडी भवनको निर्माणको कामलाई छिटो छरितो रुपले सम्पन्न गर्न आफुहरु लागेको भन्दै संघका सभापति कृष्णकुमार गिरीले ओपीडी भवन निर्माणसंगै आँखा स्वास्थ्य सेवा प्रवाहमा सहज हुने बताए ।

गिरीले संघद्धारा सञ्चालित अस्पतालहरुको भौतिक तथा अस्पताललाई सुविधा सम्पन्न गराउन विभिन्न निकायहरुसंग सहकार्य गरिरहेको बताए । ‘हामीहरुले केन्द्र, प्रदेश , स्थानीय सरकार र दाताहरुसंग सहकार्य गरेर विकासका योजनाहरु अगाडी बढाएका छौ, यसमा सवैले सहयोग गर्नुभएको छ ” उनले भने ।

राप्ती आँखा अस्पताल ओपीडी भवन निर्माण समितिका संयोजक सुरेन्द्रबहादुर खड्काले ओपीडी भवनको भुइतलाको निर्माणको काम अन्तीम चरणमा रहेको र दोस्रो तला ढलानको लागि तयारी भईरहेकोे जानकारी दिएका छन् ।

करिव रु ५ करोड २९ लाख स्टिमेटमा निर्माण सुरुभएको ओपीडी भवनमा हालसम्म दुई करोड बढी खर्च भएको छ भने प्रदेश सरकारबाट प्राप्त ५० लाख रकमबाट दोस्रो तलाको ढलान गर्ने काम सुरु भएको छ ।

त्यसैविच अस्पतालमा भएको भेटघाट तथा छलफल कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी, सचिव सुरेन्द्रबहादुर खड्का, चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाल,अस्पतालका मे.सु डा. सुरेश रसाइली, डा. कौशल पोख्रेल , प्रशासक किरण पौडेललगायतले आफना कुराहरु राखेका थिए ।

प्रतिक्रिया दिनुहोस