प्रदेश ५ का १६ सहित थप ३२ जनामा कोरोना संक्रमण

जेठ १०, २०७७

काठमाडौं- प्रदेश ५ का १६ सहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ५ सय ४८ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं; प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पतालत कोभिड १९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा थप कोरोना संक्रमण पुष्टि भएको हो।

नया संक्रमितहरु कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही र चितवनका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा शनिबार ८:४० मा जारी सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस