५ दिनदेखि हराएका युवक मृत फेला
पाँच दिनदेखि हराईरहेका एक युवक तुलसीपुरको एक वनमा मृत फेला परेका छन् । घर जान हिडेका उनी तुलसीपुर ८ मा रहेकाे मायालु सामुदायिक वनमा मृत भेटिएका छन् ।
बेलुवामा रहेको आफन्तको घरबाट घरजाने भन्दै जेठ ५ गते हिडेका दंगीशरण गउँपालिका–४ बैबाङ निबासी २२ बर्षका गुरुप्रसाद भण्डारी रुखमा झुण्डीएको अवस्थामा मृत फेला परेको पिडित परिवारले जानकारी दिएका छन् ।
मृतकका बुबा बुद्धिराम भण्डारीले आत्महत्या नभइ हत्या भएको भन्दै छानविन गर्न माग गरेका छन् । यता प्रहरीले आत्महत्या नै भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस