रुपन्देहीमा थपिए सातजना कोरोना संक्रमित

जेठ ०, २०७७

काठमाडौं। रुपन्देहीमा थप सातजनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ।

रुपन्देहीको गैडहवा गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षण गर्दा थप सातजनामा संक्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले  जानकारी दिए।

यससँगै नेपालमा संक्रमितको संख्या ५१४ पुगेको छ। जसमध्ये ७० जना उपचारपछि कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने तीनजनाको मृत्यु भएको छ।

रुपन्देहीमा २९ जना संक्रमित रहेकोमा नयाँ थपिएपछि संक्रमितको संख्या ३६ पुगेको छ भने बुटवलमा बनाइएको कोरोना विशेष अस्पतालमा उपचारपछि कोरोनामुक्ता भएर एकजना डिस्चार्ज भएका छन्।

आज संक्रमण पुष्टि भएका सबै सातजना पुरुष हुन्।  प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख गिरीका अनुसार उनीहरू ३ देखि ४० वर्षका छन् र सबैजना भारतबाट हालै नेपाल आएकाहरू हुन्। उनीहरू सबैजना क्वारेन्टाइनमा छन्।

प्रतिक्रिया दिनुहोस