बलत्कार आरोपमा तुलसीपुरमा अर्को पनि पक्राउ

जेठ ०, २०७७

सामुहिक बलत्कार काण्डमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगर– १८ अकासी निवासी १९ वर्षका विकास विक रहेको प्रहरी स्रोतले बताएको छ ।

प्रहरीले भने अनुसन्धानमा बाधा पुग्ने भन्दै केहि पनि खुलाएको छैन । अभियुक्तलाई प्रहरीले घरबाटै आज दिउँसो पक्राउ गरेको हो ।

मोबाईलबाट एसएमएस गरी युवती बाेलाउने उनका प्रेमी पारस खड्का भने पक्राउ परिसका छन् । घटनामा संलग्न अन्य विनोद घर्ती, आशिष परियार र सन्तोष विक फरार रहेको प्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस