कपिलवस्तुका दुई पत्रकारमा कोरोना संक्रमण
बुटवल-कपिलवस्तुमा शुक्रबार पुष्टि भएका ९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेका छन्।
स्वास्थ्य मन्त्रालयले शुक्रबार पुष्टि गरेका ३० जना संक्रमितमध्ये कपिलवस्तुका ९ जना रहेका थिए । थपिएका ९ जना मध्ये दुई जना पत्रकार रहेको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।
संक्रमित पुष्टि हुनेमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ तौलिहवाका २९ वर्षिय पुरुष र अर्का वाणगंगा नगरपालिका वडा नम्बर ११ का २४ वर्षिय पुरुष रहेको उनले बताए । योसंगै कपिलवस्तुमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ६९ पुगेको छ।
त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकाको वडा नम्बर ४ का ८ वर्षिया बालिका, वडा नम्बर ५ का २७ वर्षिय पुरुष, वडा नम्बर ७ का ५३ वर्षिय पुरुष, वडा नम्बर १० का २५ वर्षिय पुरुष गरी ५ जना रहेका छन्।
त्यस्तै मायादेवी गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षिय पुरुष र वडा नम्बर ५ का ३४ र ३६ वर्षिय पुरुष गरी ३ जना रहेका छन्।
प्रतिक्रिया दिनुहोस