पोखरीमा डुबेर जुम्ल्याहा दाजुभाइको मृत्यु

जेठ ०, २०७७

कपिलवस्तु – कपिलवस्तुमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–११ का दुई बालकको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय करिम शेखका जुम्ल्याहा अढाई वर्षीय छोरा नतिस शेख र रेहान शेख रहेको प्रहरीले जनाएको छ ।

घरबाट करिब ७० मिटरको दूरीमा रहेको माछा पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको कपिलवस्तु नगरपालिका–११ का वडा अध्यक्ष रामगोपाल यादवले जानकारी दिए ।

बिहीबार साँझ ५ बजे तिर घरबाट खेल्न निस्केका दाजुभाइ खेल्दाखेल्दै घर नजिकैको पोखरीमा मृत अवस्थामा फेला परेका थिए । पोखरीमा डुबेर पानीमा तैरिएको अवस्थामा उनीहरुको शव देखेपछि छिमेकी बालबालिकाले परिवारलाई जानकारी गराएका थिए ।

मृतक दुवै बालकको शव पोष्टमार्टमका लागि कपिलवस्तु अस्पताल तौलिहवामा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस