नेपालमा थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो

जेठ ०, २०७७

काठमाडौं- नेपालमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीका हुन्।

मन्त्रालयका अनुसार नवलपरासी बर्दाघाट सुस्ता पूर्व विनय त्रिवेणी गाउँपालिका ६ का ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ चितवनका ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला, नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३ र १८ का ३३ र ३५ वर्षीय पुरुष र १५ वर्षीय किशोरीमा संक्रमण देखिएको हो।

यस्तै, कपिलबस्तु बाणगंगा नगरपालिका मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष र ८ बर्षीय बालिका छन्। सर्लाहीको गोडैता नगरपालिकाका र रामनगर बहुअर्वा गाउँपालिकाका १४ जना पुरुषा र १८ वर्षीया एक महिला छिन्।

प्रतिक्रिया दिनुहोस