प्रदेश ५ प्रदेशसभामा आरडीटी परीक्षण, सांसद‌सहित ११ जनाको पोजेटिभ

जेठ ०८, २०७७

बुटवल– प्रदेश ५ प्रदेशसभाको बैठकको पूर्वसन्ध्यामा सांसद, सुरक्षाकर्मी, सचिवालयका कर्मचारी र पत्रकारहरूको कोरोना भाइरस परीक्षण गरिएको छ।

बिहीबार मुख्यमन्त्री, सभामुखसहित ३ सय ९८ जनाको आरडीटी परीक्षण गरिएको प्रदेश सभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले जानकारी दिए।

परीक्षण गरिएकामध्ये सांसद र सुरक्षाकर्मी गरी ११ जनाको रिपोर्ट पोजेटिभ आएपछि पीसीआर परीक्षणका लागि स्वाब लिइएको छ।

२ सांसद, २ जना चालक र बाँकी कर्मचारीको स्वाब लिइएको उनले बताए। उनका अनुसार ४० जना पत्रकारहरूको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ। पोजेटिभ रिपोर्ट आएकाहरूलाई होम क्वारेन्टाइन बस्न भनिएको छ।

शुक्रबारदेखि प्रदेशसभाको बजेट अधिवेशन शुरू हुँदैछ। प्रदेशसभाको बैठकमा पूर्व बजेट छलफल शुरू हुनेछ। जेठ १० गते प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुनेछ।

प्रतिक्रिया दिनुहोस